24/09/2018
दाङ–काठमाडौं भाडा ८४६ (हेर्नुस् दाङबाट छुट्ने गाडिको भाडादर)
सरकारले दाङ देखि काठमाडौं सम्मको भाडा आठसय ४६ तोकेको छ । १० प्रतिशत भाडा बढाउने सहमती अनुसार दाङ–काठमाडौंसम्मको भाडा सात सय ६९बाट बढाएर आठ सय ४६ बनाउएको हो । दाङ देखि काठमाडौंसम्मको दुरी ४ सय ३५ किलोमिटर छ ।
त्यस्तै तुलसीपुर देखी रुकुम खलंगासम्मको भाडा चारसय ९८ पु¥याएको छ । एक सय ४९ किलोमिटर रहेको सोही ठाउँका लागि यस अघि ४ सय ५३ भाडा थियो ।
त्यस्तै ६३ किलोमिटर रहेको तुलसीपुर–सल्यानको भाडा एक सय ५८ बनाएको छ । यस अघि एकसय ४४ थियो ।त्यस्तै तुलसीपुर–तानसेनको भाडा चारसय ४७ कायम गरेको छ । २ सय १४ किलोमिटर रहेको सोही ठाउँका लागि यस अघि चारसय ६ भाडा थियो ।
त्यस्तै तुलसीपुर–नारायणघट–बाग्लुङ–पोखरासम्मको भाडा आठ सय ४ कायम गरिएको छ । ४ सय १६ किलोमिटर दुरी रहेको सोही ठाउँका लागि यस अघि सत सय ३१ भाडा कायम गरिएको थियो ।
त्यस्तै दाङ तुलसीपुर–स्याङ्जा–पोखरा– बागलुङका लागि नौ सय ८९ भाडादर कायम गरिएको छ । ४सय ७६ किलोमिटर दुरी रहेको सोही ठाउँका लागि यस अघि ८ सय ९९ भाडा थियो ।
त्यस्तै तुलसीपुर–घोराही–नेपालगंजका लागि ३ सय ६३ भाडादर कायम गरिएको छ । ४ सय ८३ किलोमिटर दुरी रहेको सोही ठाउँका लागि सय अघि तीन सय ३० थियो ।
त्यस्तै तुलसीपुर–बिराटनगरका लागि एक हजार दुई सय ८३ भाडादर कायम गरिएको छ । ६ सय ८८ किलोमिटर रहेको सोही ठाउँका लागि यसअघि एक हजार एक सय ६६ भडा थियो ।
त्यस्तै तुलसीपुर–बिरगंजका लागि ७ सय ८५ भाडा कायम गरिएको छ । ४ सय २० किलोमिटर रहेको उक्त क्षेत्रमा यस अघि सात सय १४ भाडा थियो ।
त्यस्तै तुलसीपुर–बुटवलका लागि तीन सय ४० भाडा कायम गरिएको छ । एकसय ७२ किलोमिटर दुरी रहेको सोही ठाउँका लागि यस अघि तीनसय नौ भाडादर कायम गरिएको थियो ।
त्यस्तै दाङ–भैरहवाका लागि तीनसय ८० भाडादर कायम गरिएको छ । एक सय ९२ किलोमिटर दुरी रहेको सोही ठाउँका लागि यस अघि तीन सय ४५ भाडा थियो ।
त्यस्तै तुलसीपुर–महेन्द्रनगरका लागि ६ सय ६२ भाडादर कायम गरिएको छ । तीन सय ५५ किलोमिटर दुरी रहेको सोही ठाउँका लागि यस अघि ६ सय २ भाडा थियो ।
त्यस्तै तुलसीपुर–लमही–सुर्खेतका लागि ५ सय ३२ भाडादर कायम गरिएको छ । २ सय ४६ किलोमिटर दुरी रहेको सोही ठाउँका ागि यस अघि ४ सय ४८ भाडा कायम गरिएको थियो ।
पेट्रोलियम पदार्थको मूल्य बढेपछि यातायात व्यवसायीले भाडादर पनि समायोजन गर्नुपर्ने माग गरेका थिए । त्यसै अनुरुप यातायात व्यवस्था विभागले नयाँ भाडादर सार्वजनिक गरेको हो । नयाँ भाडादर अनुसार काठमाडौं उपत्यकाका शहरी क्षेत्र र अन्य शहरी क्षेत्रमा सञ्चालन हुने सबै किसिमका यात्रुबाहक सवारीका साधनमा न्यूनतम १४ देखि अधिकतम १८ रुपैयाँ कायम गरिएको छ ।
न्यूनतम चार किलोमिटरभित्र न्युनतम १४ रुपैयाँ कायम गरिएको छ । ५ किलोमिटरसम्म यात्रा गर्दा १६ रुपैयाँ, ६ किलोमिटरसम्म यात्रा गर्दा १७ रुपैयाँ, ८ किलोमिटरसम्म यात्रा गर्दा १८ रुपैयाँ तिर्नुपर्ने भएको छ । यस्तै १० किलोमिटरसम्म यात्रा गर्दा २१, १३ किलोमिटरसम्म २३, १६ किलोमिटरसम्म २५, १९ किलोमिटरसम्म २७ रुपैयाँसम्म तिर्नुपर्ने पर्ने भएको छ ।