Rajbiraj Airport

Rajbiraj Airport Rajbiraj Domestic Airport

17/06/2025
17/12/2024

राजविराजमा पनि रात्रीकालीन उडान✈️
रात्रीकालीन उडान सेवाका लागि आवश्यक पर्ने विभिन्न उपकरण तथा लाइटहरु राजविराज विमानस्थलमा जडान गरिएको छ । नागरिक उड्डयन प्राधिकरणको सहयोगमा बुध्द एयरले हिजो सोमबार १६ डिसेम्बरदेखि काठमाडौं राजविराजको रात्रिकालिन व्यवसायिक उडान शुरु गरेको छ ।
IFR उडान हुने भएपछि २ हजारको भिजिविलिटीमा पनि उडान भर्न सकिन्छ । यसअघि घटिमा ५ हजार भिजिविलिटी हुनुपथ्र्यो ।

17/12/2024
सप्तरीको राजविराज विमानस्थलदेखि रात्रिकालीन उडान सुरु भएको छ।रात्रिकालीन उडान सेवाका लागि आवश्यक उपकरण जडान गरिएसँगै बुद...
16/12/2024

सप्तरीको राजविराज विमानस्थलदेखि रात्रिकालीन उडान सुरु भएको छ।

रात्रिकालीन उडान सेवाका लागि आवश्यक उपकरण जडान गरिएसँगै बुद्ध एयरले उक्त विमानस्थलमा व्यावसायिक रुपमा रात्रिकालीन उडान सुरु गरेको हो।

राजविराज विमानस्थलमा रात्रिकालीन उडानको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले राजविराजमा रात्रिकालीन सेवा सुरुभएसँगै यसले पर्यटन र समग्र अर्थतन्त्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

उनले भने, “अब राजविराज छायामा पर्नेछैन। विमानस्थलाई नियमित सञ्चालनका लागि सबै प्रयत्न गरिनेछ। यहाँको प्राकृतिक सम्पदा र संस्कृतिक सम्पदाको अवलोकन गरेर मात्रै यात्रु फर्किनेछन्।”

पर्यटनमन्त्री पाण्डेले विमानस्थलको रात्रिकालीन सेवाले अर्थतन्त्रलगायत विविध क्षेत्रमा बहुआयामिक प्रभाव पार्ने जनाए। उनले विविधितापूर्ण प्रकृति र संस्कृतिले भरिपूर्ण नेपालको पर्यटनलाई प्रवर्द्धनका निम्ति यो विमानस्थल सहयोगी बन्ने धारणा राखे।

उनले राजविराजबाट पोखरालगायत गन्तव्यमा सिधा उडान गर्नेगरी आगामी दिनमा यसलाई विकास गरिनुपर्नेमा जोड दिए। यसअघि मन्त्री पाण्डेले एयरफिल्ड लाइटिङ सिस्टमको उद्घाटन गरेका थिए।

त्यसअवसरमा जनमत पार्टीका अध्यक्ष सीके राउतले राजविराज विमानस्थलमा रात्रिकालीन उडान हुनु गौरवको विषय भएको बताए। “सप्तरीवासीका लागि गौरवको दिन हो, अब, उडान सङ्ख्या बढाएर सेवालाई निरन्तरता दिनेतर्फ सबैले ध्यान दिन जरुरी छ। यो अवस्थामा ल्याइपुर्‍याउन सहयोग गर्ने सबैलाई म विशेष धन्यवाद दिन चाहन्छु”, उनले भने।

प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिर र कोशी क्षेत्रको पर्यटन विकासमा निम्ति यो सुरुवात महत्वपूर्ण कदम भएको अध्यक्ष राउतले बताए।

नेपाली कांग्रेसका नेता एवं पूर्वपर्यटनमन्त्री जितेन्द्रनारायण देवले राजविराज विमानस्थलमा रात्रिकालीन उडान सञ्चालन हुनु गौरवको विषय रहेको उल्लेख गर्दै नियमित उडानका लागि मन्त्रालय र प्राधिकरणलाई धन्यवाद ज्ञापन गरे।

लामो सङ्घर्षपछि यो विमानस्थलमा उडान सञ्चालन भएको भन्दै यसले आसपास क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने उनको भनाइ थियो।

🛫🛬🛫🛬🛫🛬✈️

Address

Gorgamma Field
Rajbiraj

Website

Alerts

Be the first to know and let us send you an email when Rajbiraj Airport posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share